झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित पुलचोकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
गएराति दक्षिणबाट उतरतर्फ जाँदै गरेको ना ३ ख ५४६२ नम्बरको ट्रकमा सोही दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बुद्धशान्ति ४ का २५ वर्षीय अन्जन फागोको मृत्यु भएको हो ।
ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकको पछाडिको चक्कामा परेर मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सो क्रममा गम्भीर घाइते भएका फागोको बीएण्डसी हस्पिटलमा उपचारको क्रममा रातिनै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।