धरान । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सुचना नदिएको भन्दै जरिवाना र कारवाही गर्ने निर्णय गरिएको छ ।
सुचना आयोगले गत चैत १७ गते धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई जरिवाना र विभागीय कारवाही गर्ने निर्णय गरेको हो ।
हेमचन्द्र घिमिरेले २०७६ असार ११ गते दायर गरेको पुनरावेदनमा भएको फैसलाअनुसार दफा ३२९१० बमोजिम जरिवाना र विभागीय कारवाहीको लागि आदेश दिइएको हो ।
नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले नेपाली नागरिकलाई सूचना माग्ने र पाउने हक दिएको छ । मागेको सुचना दिन आनाकानी गरेमा सुचना आयोगमा उजुरी गर्न पाउने व्यवस्था छ ।