उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका–६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।
उनको साथबाट फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७ हजार ३७५ साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा बरामद गरी राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।