उर्लाबारीको गोदावरी हस्पिटलको लापरबाही, फरक समुहको रगत चढाएपछि बिमारीको मृत्युु

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०६:३० मा प्रकाशित

उर्लाबारी । उर्लाबारीस्थित गोदावरी हस्पिटलको चरम लापरबाहीका कारण एक जनाको मृत्युु भएको छ । 

तारन्तर खोकी लागेपछि उपचाकालागी  गोदावरी हस्पिटल भर्ना भएका उर्लाबारी–६ का  अनिल अग्रवालको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको हो । 

गोदावरी हस्पिटलका चिकित्सकले फरक समुहको रगत चलाउनाले उनको अकालमै मृत्युु भएको खुल्न आएको हो । माघ ६ गते अनिललाई गोदावरी हस्पिटल भर्ना गरिएको थियोे। 

खोकी नरोकिएपछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले भनेका थिए। उपचारकै क्रममा विमारीलाई रगत आवश्यक भएको जनाउदै  गोदावरी हस्पिटलले उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पतालको रक्तसञ्चार केन्द्रमा रगत सिफारिस गरिदिएको थियो।

‘उसको ए पोजेटिभ ब्लड ग्रुप थियोे । तर, गोदावरी हस्पिटलले बी पोजेटिभ रगत सिफारिस गरेछ, जसका कारण फरक समुहको रगत चलाइदिदा मेरो भाइले ज्यान गुमाउनु पर्यो ।’ मृतकका दाजु राजेश अग्रवालले भने ।

थप रगतका लागि दमक रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रले रगत उपलब्ध गराउन ठाडै अस्वीकार गरेपछि अनिललाई फरक समुहको रगत चलाएको खुल्न आएको राजेशले बताए।

दोस्रो पटक रगत चढाउन दमक रेडक्रसमा सिफारिस गरिएपछि ए पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिलाई बी पोजेटिभ रगत मागिएको खुल्न आएको थियोे।

यसबीचमा मंगलबारे रक्तसञ्चारबाटै पहिलोपल्ट उपलब्ध रगत बिमारीलाई चढाइसकिएको थियोे, जुन बी पोजेटिभ थियोे।

हस्पिटलमा कार्यरत चिकित्सक शिवनारायण साहले ए पोजेटिभ रक्तसमुहका बिमारीलाई बी पोजेटिभ रगत चढाए लगत्तै अनिलको मृत्युु भएको हो।

कस्मेटिक पसल चलाउदै आएका अनिलका श्रीमती र दुई नाबालक सन्तान छन्।