काठमाडौँ । मंगलबार(आज) सेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा झरेको छ ।
नेप्से आज ४.२७ अंक घटेको हो । कुल ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो कारोबार दिन ९५ करोड ४३ लाख रुपैयाँको भएको थियो । ६८ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ १, जलविद्युत् २०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २६ र ब्यापार उपसमूह ३१ अंक घटे ।
विकास बैंक १, फाइनान्स २, होटल तथा पर्यटन १०, जीवन बीमा ४, उत्पादन उपसमूह ९ र अन्य ०.२ अंक बढे ।