आज सुनको मूल्य यो वर्षकै उच्च

न्युजलय २४ पुस २०७९, आइतबार ०७:४८ मा प्रकाशित

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ कायम गरिएको छ। सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको हो।

त्यस्तै, आज चादीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयौँ कायम गरिएको महासंघले जनाएको छ।