रौतहट । रौतहटको पूर्व–पश्चिम राजमार्गमा दुई बस एकआपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् ।
बिहिबार (आज) बिहान पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका १ को पूर्वी लच्कामा र पश्चिमबाट पुर्ब तर्फ जादै गरेको लु २ ख ४७५८ नम्बरको बसलाई सोहि दिशातर्फ जादै गरेको ना ७ ख २०८१ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र २–०३–००५ प १५४ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा ना ७ ख २०८१ नम्बरको बसले अर्को बसलाई पछाडिबाट ठक्कर दिएको हो ।
प्रहरीका अनुसार घाइतेहरुमा बसको सहचालक उदयपुर सिला नगरपालिका–१० बस्ने बर्ष ४० वर्षिय कृष्ण घिमिरे , सिन्धुली बस्ने ३७ वर्षिय बिष्णु बि.क., सप्तरीको कृष्ण नगरपालिका–४ बस्ने २३ वर्षिय धनराज यादव, मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका ११ बस्ने २६ वर्षिय अनिष भन्ने यम बहादुर खडका रहेका छन् ।
यस्तै सप्तरीको बोदे बरसाही नगरपालिका ४ बस्ने ३१ वर्षिय महमद अंसारुल, सोही स्थान बस्ने ४ वर्षिय राम तुल्लाह मिया, सप्तरीको सप्तकोशी नगरपालिका १० बस्ने ६५ वर्षिय चतुर चौधरी, सप्तरीको कंचनपुर नगरपालिका ८ बस्ने २८ वर्षिय प्रसुन मलिक, सप्तरीको कंचनपुर नगरपालिका ६ बस्ने २६ वर्षिय कमानन्द चौधरी, सिराहा धनगढीमाई नगरपालिका ८ बस्ने २५ वर्षिय धर्मेन्द्र महतो, सोही स्थान बस्ने बर्ष २३ वर्षिय अजय कुमार महतो, सप्तरीको राजबिराज नगरपालिका ८ बस्ने ३२ वर्षिय राज कुमार सेठ, सिराहाको धनगढीमाई नगरपालिका ९ बस्ने ३० वर्षिय राम प्रकाश महतो, उदयपुरको कटारी नगरपाकिला १ बस्ने ३१ वर्षिय हरि बहादुर अधिकारी घाइते रहेका छन् ।
उनीहरुको हात, खुट्टा , टाउको लगातय शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । घाइतेहरुको चन्द्रनिगाहपुर स्थित एपोलो सिटी अस्पताल र चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।