इटहरीको जनता माविद्वारा पुर्वमै उत्कृष्ठ नतिजा ल्याएको दावी

न्युजलय १६ असार २०८१, आइतबार ०५:०७ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता माविले कोशी प्रदेशमै एसइइमा उत्कृष्ठ नतिजा ल्याएको दावी गरेको छ । 


स्कुलका सहभागि विद्यार्थीमध्ये १४४ जनाले ३.२१–४ जीपीए प्राप्त गरेका छन् भने ४२ जनाले ३.६१–४ जीपीए र १२२ जनाले ३.२१–३.६ जीपीए ल्याएको प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए ।


यो संख्यामा उत्कृष्ठ नतिजा ल्याउने जनता स्कुल पहिलो भएको दावी गरिएको छ । विद्यालयको निरन्तरको उत्कृष्ठ नतिजाका कारण विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।


स्कुलले यसपटक कक्षा ११ मा १ हजार विद्यार्थी भर्ना लिने व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिएका छन् । विद्यालयमा शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुने गरेको छ ।