काठमाडौं। दुर्लभ वन्यजन्तु कस्तुरीको बिना ओसारपोसार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई टोखाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका ७ नुवाकोट घर भई तार्केश्वर बस्दै आएका २९ वर्षीय आशिक तामाङ, धुनिवेशी नगरपालिका १ धादिङ बस्ने ३५ वर्षीय श्याम पाठक, धुनिवेशी नगरपालिका १ धादिङ घर भई तार्केश्वर बस्दै आएका ४० वर्षीय राजु थापा र तार्केश्वर नगरपालिका १ बस्ने ३४ वर्षीय कृष्ण गुरागाई रहेका छन् ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।