इटहरी । महिला साकोसले इटहरी –१९, स्थित पटेर्वा चौकमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
फाल्गुण ११ गते बुधबार साकोसले तरहरा सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक सुष्मा थापाको अध्यक्षता तथा व्यवस्थापन उपसमिति सदस्य द्वय शारदा कटुवाल र मिना कुमारी श्रेष्ठको बिशेष पहलमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संस्थाको बचत तथा ऋणको प्रकार तथा सोको ब्याजदर तथा सदस्य लाभका बिषयमा बिशेष छलफल भएको थियो । ४० जना सहभागी उक्त कार्यक्रममा १५ जना सहभागीहरुले संस्थाको सदस्यता लिएका थिए ।