विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्।
बिहीबार विराटनगरमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्।
उनले सहमतिका लागि वातावरण बने आफू लचिलो बन्न उदार रहेको उल्लेख गरेकी छन्। गृह जिल्ला मोरङमा आएर उनले सभापतिका लागि दावेदारीको घोषणा गरेकी थिइन्।