देशभर आज थप १ हजार ३६९ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

न्युजलय २८ माघ २०७८, शुक्रबार १२:३५ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जना कोरोना संक्रमित थपिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।


आज थप १२ सक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ ।