विराटनगर । कांग्रेस प्रदेश १ अधिवेशनको मतदान सरेको छ। मतपत्रमा भएको त्रुटिले गर्दा मतदानको समय सरेको हो।
शनिबार(आज) बिहान ८ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी थियो। तर, मतपत्रमा त्रुटि देखिएसँगै मतदान सरेको हो। निर्वाचन समितिले दिउँसो १ बजेदेखि मतदान थाल्ने बताएको छ।
नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ।