इटहरी । पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले राजनीति एक सहासिक खेल भएको टिप्पणी गरेका छन् ।
मंगलबार सुनसरीको इटहरीमा सि.डि.डब्लू.एनले आयोजना गरेको ‘‘लैङ्गिक समानता तथा राजनीतिक प्रक्रियामा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिका अभिवृद्धिमा पालिका प्रमुख र वडा अध्यक्षको भूमिका’’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘राजनीति पनि एक सहासिक काम हो’, पूर्वमन्त्री विश्वकर्माले भने, ‘हिमाल चढ्नु र रक क्लाइम्बिङलाई सहासिक खेलको रुपमा लिइन्छ । किन भने यसमा खतरा बढी छ । मर्ने खतरा बढी छ । राजनीति पनि त्यस्तै हो । यहाँ मर्न डर छ । मर्नबाट जोगियो भने हार्ने डर त छँदैछ ।’
स्थानीय स्तरमा केहिलाई जनप्रतिनिधि बन्न अनुरोध गर्दा इन्कार गर्ने गरेको उनको भनाइ छ । चुनावि प्रक्रियामा होमिने भन्दा त्यसमा हारिने डर उनिहरुमा हावी हुने गरेको उनको भनाइ छ ।
‘केहि केहि साथीहरुलाई फलानो पदमा उठ्नुस्न भन्छु । उहाँहरु जितिन्छ र भन्नुहुन्छ’, उनले भने, ‘जीत्ने भए मात्रै उठ्ने भए त्यस्तो मान्छे राजनीतिमा नआए हुन्छ । पानीले बगाउँछ भन्ने थाहा पाएर नै हामी हाम्फाल्छौँ, पौडिएर निस्कन्छौँ भनेर ।’
राजनीतिमा कहिले कहाँ के हुन्छ भने कसैलाई ज्ञात नहुने उनको भनाइ छ । राजनीति अनिश्चित भएकै कारण एक सहासिक खेल भएको उनको टिप्पणी छ । साथै राजनीति गर्न एक रुपैयाँ नभए पनि सम्भव भएको उनको दावि छ ।