सप्तरी । म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले सप्तरीको महदेवा गाउँपालिका–२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरेको हो ।
मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।