इटहरी । बढी शुल्क लिएर पानी बेचेको भन्दै इटहरीस्थित इलाइट सिनेमा हललाई तीन लाख रुपैया जरिवाना गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको हलले अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी शुल्क लिएर पानी बेच्ने गरेको उजुरी आएपछि वाणिज्य कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमनमा बढी शुल्क लिएको पाएपछि वाणिज्य कार्यालयले तीन लाख जरिवाना गरि कारवाही गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।