इटहरी । सूर्य ग्रहणलाई लिएर नेपाल तथा भारतमा धेरै मानिसमा धेरै खालका भ्रमहरु रहेको पाइन्छ । खासगरी ग्रहणको समयमा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने विषयमा ज्योतिष शास्त्रले सुची बनाएको छ । जसमा खाना खान नहुने, फाइदा हुने राशीभन्दा बाहेककाले हेर्न नहुने आदि आदि ।
तर यी मान्यताहरुमा कुनै सत्यता पाइँदैन । सूर्यग्रहण किन हुन्छ, यससम्बन्धि मान्यताहरु के छन् र वास्तविकता के हो भन्ने विषयमा हिन्दी भाषामा एउटा जानकारीमूलक भिडियोलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । उक्त भिडियो भारतीय युट्युबर ध्रुव राठीले तयार गरेका हुन् । जसमा सरल तरिकाले यस विषयमा जानकारी प्रस्तुत गरिएको छ ।