इटहरी । महिला साकोसको इटहरीचौक सेवाकेन्द्रले सदस्य शिक्षा तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
सेवाकेन्द्र ब्यवस्थापन उपसमिति संयोजक पुनम थापा मगरको अध्यक्षतामा इटहरी–६, संगीतचौकमा फाल्गुण ८ गते आइतबार कार्यक्रम सम्पन्न भएको हो । ।
२७ जना शेयर सदस्यहरु सहभागी उक्त कार्यक्रममा संस्थाको बचत तथा ऋणको प्रकार तथा सो को ब्याजदर, संस्थाले आयोजना गर्ने बिभिन्न तालिम तथा कार्यक्रमहरु साथै संस्थले सदस्यहरुलाई पुर्याउदै आएको सदस्य सेवाका बिबिध पक्षमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।