इटहरी । इटहरी –४ को भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल इटहरी –६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् ।
शनिबार राती पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याऊन साथ मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।