काठमाडौं । मंगलबार सुनको मूल्य ९०० रुपैयाँले घटेको छ ।
आजका लागि सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ कायम भएको छ ।