झापामा जंगली हात्ती मृत फेला

न्युजलय ३१ भदौ २०८३, बुधबार १२:११ मा प्रकाशित

झापा । मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।

डिभिजन वन कार्यालयले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिएको छ । 

स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको कार्यालयले जनाएको छ । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको बताइएको छ ।