यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ५ चैत २०७८, शनिवार ०२:३६ मा प्रकाशित

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । 


देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

यसैगरी, राति देशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । 


प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।