महोत्तरी । गणतन्त्र दिवसमा बाँकी कैद मिनाहा पाएर निस्किएको ५० औँ दिनमा फेरी अर्का व्यक्तिको हत्या गरेको आरोपमा महोत्तरीमा एक जना पक्राउ परेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका ५ का रामनाथ दास पक्राउ परेका हुन् । ६० वर्षीय रामबहादुर दासलाई उनले अनुहारमा कोदालो प्रहार गरेर हत्या गरेको बताइएको छ ।
२०५३ साल चैत ११ गते तत्कालीन सहोडवा गाविसमा रामविलास दासलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा जेल परेका उनी करिब ७ वर्ष जेल बसेपछि छुटेका थिए ।