टावरमा चट्याङ परेपछि भैरहवा विमानस्थल बन्द

न्युजलय २२ माघ २०७८, शनिवार १२:५० मा प्रकाशित

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको बर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । 


गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुडिएको र लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दहालले बताए । उनले भोलि संचालनको वातावरण बनाउने बताए । 


विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलमा रहेका यात्रु र यहाँ आउने यात्रुहरू प्रभावित भएका छन् ।