मौसमका कारण विराटनगर विमानस्थलबाट उडान ठप्प

न्युजलय २८ पुस २०७८, बुधबार ०७:३६ मा प्रकाशित

मोरङ । खराब मौसमका कारण विराटनगर विमानस्थलबाट बुधबार(आज) मध्यान्हसम्म उडान हुन सकेको छैन।

बिहानैबाट बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल खुल्न नसकेको हो। विमानस्थल प्रमुखले मौसममा सुधार आएको खण्डमा र विमान कम्पनीले सहमति दिए राति ११ बजेसम्म पनि विमानस्थन सञ्चालन गर्न सकिने जानकारी बताएका छन् । 

यात्रुले विमानस्थलमा भीड बढ्दै गएको छ। विमानस्थलका अनुसार एटीआर विमानका लागि कम्तीमा १ हजार ६ सय मिटर र सीआरजे जेटका लागि कम्तीमा २ हजार मिटरको भिजिबिलिटी हुनुपर्दछ।

तर अहिले भिजिविलिटी कम रहेको हुँदा विमान उडान र अवतरणका लागि समस्या हुने बताइएको छ। हाल विराटनगरबाट बुद्ध, यती, श्रीएयर, सौर्यलगायतका विमानले उडान भर्दै आएका छन्।