इटहरी । इटहरीमा उपचारको क्रममा बालकको मृत्यु भएपछि उर्लिएको प्रदर्शन तत्काललाई साम्य भएको छ । आन्दोलनरत पीडित र अस्पताल प्रशासनबीच तत्काललाई प्रदर्शन स्थगित गर्ने सहमती जुटेको हो ।
अस्पतालको लापरबाहीका कारण इटहरी २ का साढे ३ वर्षीय बालक सन्देश शाहको मृत्यु भएको भन्दै पीडितका आफन्तले बिहीबार दिनभर प्रदर्शन गरेका थिए । साँझ राजनीतिक दल र नागरिक समाजसहितको बैठकले तत्काललाई पाँच लाख रुपैया क्षतिपूर्ति दिने र घाइतेहरुलार्इ ३५ हजार रुपैया क्षतिपुर्ति दिने भएपछि सहमति जुटेको थियो । आन्दोलनका क्रममा पक्राउ परेका पिडित पक्षका चार जनालाइ रिहासमेत गर्ने सहमती भएको छ ।
मृतकका बुबा नवीन शाहले अस्पतालको लापरवाही र औषधीको ओभरडोजका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका थिए । बालक मृत्युपछि पिडित पक्षले अस्पताल बन्द हुनुपर्ने वा उपचारमा संलग्न डाक्टरलाइ निलम्बन गरि लाइसेन्स खारेज गर्नुपर्ने माग गरेका थिए । मृत्यु भएका बालकको शव काखमा राखेर दिनभर प्रदर्शन गरेका थ्एि ।
अस्पतालकाअनुसार उपचारमा डा. मदनकृष्ण मण्डलसहित नर्सहरू संलग्न थिए ।