विराटनगर । विराटनगर –११, मा घरको छतबाट खस्दा एक पुरुषको ज्यान गएको छ । मंगलबार राति ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल आफ्नै तीन तले घरको छतबाट खसेका थिए ।
गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । तर, अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे ।
मोरङ प्रहरीका अनुसार, पौडेल कसरी खसे भन्ने यकिन भइसकेको छैन । उनको शव हाल विराट नर्सिङ होममै राखिएको छ ।