काठमाडौं । जयनगर–कुर्था (जनकपुर) को विस्तारीत रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।
भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेसनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो ।
३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । प्राविधिक कारण देखाउँदै पन्छिएको सरकारले २०७५ को पुसबाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो।
कुर्था–जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३ सय ८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ । अहिले कुर्थादेखि बिजलपुरासम्म दुई सय करोड खर्चेर बाँकी खण्डको काम भारतले नै गर्दैछ । जयनगर–कुर्था रेलमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । रेल सञ्चालनमा लागि अहिले नेपालसँग कानुन नभएकोले सञ्चालन ढिलाइ हुने भएको छ ।