काठमाडौँ । पोखरामा आयोजित रास्वपाको कार्यक्रममा भाषण गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरिएको छ ।
रानाभाट सूर्यदर्शन सहकारीका बचतकर्ता भएको बताइएको छ । प्रहरीकाअनुसार रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
सुर्यदर्शन सहकारी रवि लामिछानेले खोलेको ग्यालेक्सी फोर के टिभीका अध्यक्ष हुन् जेबी राई । एक हजार ३६ जना बचतकर्ताको एक अर्ब रुपैया हिनामिना गरेको सहकारीले टिभीको नाममा दुई करोड ३० लाख ८९ हजार रुपैया ऋण धितो नै नराखी निकासा गरेको खुलेको छ । लामिछानेले यस्तो थाहा पाउँदा पाउँदै पनि राईलाई सहयोग गरेको आरोप उनीमाथि छ ।
जीबी राई सात सहकारीमा आबद्ध छन् । सबै गरी हजारौं बचतकर्ताहरूको १६ अर्ब हाराहारीको बचत रकम ठगीमा उनी संलग्न छन् । लामिछानेले यो विषयमा नबोलेको गुनासो पीडित बचतकर्ताहरुको छ ।
यसैबिच ग्यालेक्सी फोर के टिभीको प्रशारणसमेत बन्द भएको छ । कर्मचारीहरुलाई तलब दिन नसकेर धराशायी हुँदै गएको टिभीको प्रशारण बन्द भएको हो ।