विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैचा नगरपालिका आउने भएका छन् ।
सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्न देउवा आउने भएपछि जिल्ला भरकै सुरक्षा व्यवस्था कडा बनाइएको छ । मोरङबाट उनी पाँचथर र खोटाङ पुग्ने बताइएको छ ।
देउवाले सुन्दरहरैचामा कृषि बजारको भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्ने कार्यसूची छ ।