बीपी प्रतिष्ठान धरानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान् नियुक्त

न्युजलय १८ साउन २०७९, बुधबार ०७:१३ मा प्रकाशित

 धरान । धरानस्थित बीपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान् नियुक्त भएका छन् । 

स्वास्थ्यमन्त्री भवानी खापुङले कांग्रेसकी प्रभावशाली नेता डिलाका श्रीमान् सूर्य संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका उपकूलपतिको सिफारिसमा सहकूलपति समेत रहेका मन्त्रीले उनलाई नियुत्तक्त गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रष्ठिानका तत्कालीन राजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो । प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा भने डा. जगतप्रसाद यादव नियुक्त भएका छन् ।