बढ्यो सुनको मूल्य

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार ०५:०७ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ। 

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्‍लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख  १० हजार ९०० मा कारोबार भएको थियो। 

सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।