श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गर्ने श्रीमान् पक्राउ

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०३:०२ मा प्रकाशित

काठमाडौं । भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् ।


भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।


तेजाब प्रहारबाट घाइते भएकी उनलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।