शहीद परिवारलाई मासिक भत्ता दिने मधेश सरकारको निर्णय

न्युजलय १६ असार २०७९, बिहिबार ०५:५७ मा प्रकाशित

जनकपुरधाम । मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मधेश सरकारले मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ।

त्यसैगरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएकाको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थी भए वार्षिक १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई वार्षिक १८ हजार रुपैयाँ छात्रवृत्ति दिने निर्णय गरिएको छ।