काठमाडौं । नेपाल एयरलाइन्सले चैत १३ गतेदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको छ ।
कोरोना महामारी सुरु भएपछि पछिल्लो दुई वर्षयता हवाई उडान बन्द रहेको यो रुटमा १३ चैतदेखि पुनः उडान सुरु गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।
नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ । काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ ।