हतुवागढीमा आजबाट वडास्तरीय भलिबल प्रतियोगिता हुँदै, पुरुष तर्फ १३ र महिला ९ टिम सहभागी

अर्जुन राई अपहेलित १२ पुस २०७८, सोमबार १२:२४ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी १ घोडेटारमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । 


हतुवागढी खेलकुद विकास समितिको आयोजनामा हुन लागेको अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आज देखि हुन लागेको हो । 


प्रतियोगिताको लागि पुरुष तर्फ १३ टिम र महिला तर्फ ९ टिमको सहभागिता रहेको छ । 


हतुवागढी गाउँपालिका अन्तर्गतका खेलाडी सहभागी हुन पाउने गरि वडास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिए । 


उक्त वडास्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमलाई रु ५१ हजार १ सय ११ र उपविजेता टिमलाई रु ३५ हजार ५ सय ५५ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ । 


त्यसैगरी महिला तर्फ विजेता टिमलाई रु. ३० हजार ३ सय ३३ र उपविजेता टिमलाई २० हजार २ सय २२ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।