थप ३ हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण , १२ जनाको मृत्यु,

न्युजलय १९ माघ २०७८, बुधबार १०:३० मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज ११ हजार ५८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मंगलबार १७ हजार ६७४ जनाको स्वाब परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना देखिएको थियो।

आज संक्रमण पुष्टि भएकामध्ये ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा २ हजार २०५ जनामा र ५ हजार ८३ जनाको एन्टिजन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना पुष्टि भएको हो।

आज कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा सात हजार ५५५ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पनि ८ लाख ७८ हजार ७२० पुगेको छ।