काठमाण्डौ । पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ७८९ स्वाब परीक्षण गर्दा ५७० जनामा कोरोना पुष्टि भएको हो।
आज सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा र दुई हजार ७६१ जनाको एन्टिजन परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ।
कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउने संख्या ११ हजार ९११ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना निको भएका छन्। निको हुनेको संख्या पनि नौ लाख ४६ हजार ३३० पुगेको छ।