रामेछापमा भएको आगलागीमा २२ घरगोठ जले

न्युजलय १३ चैत २०७८, आइतबार ०१:३७ मा प्रकाशित

रामेछाप । आगलागी हुँदा रामेछापमा २२ वटा घरगोठ जलेका छन् । रामेछाप नगरपालिका–७ सुकाजोरमा शनिबार दिउँसो आगलागी हुँदा २२ वटा घरगोठ जलेर नष्ट भएका हुन् ।

आगलागीमा परेर सुकाजोर गाउँका ११ वटा घर र ११ वटा गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। शनिबार दिउँसो तीव्र गतिमा हावा चलेको बेला स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको स्थानीयले बताएका छन्।

श्रेष्ठको घरबाट सुरु भएको आगलागी हावाहुरीका कारण नजिकका घरमासमेत सल्किएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी  दिए।