विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मा जुवा खेलिरहेका ७ जनलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–५ का ५४ वर्षका रुपेश कुमार तामाङ, ४७ वर्षका सुरेश कुमार थारु, २८ वर्षीय रंजित शाह, ४७ वर्षका सत्य नारायण राजवंशी र ५७ वर्षका हरिशचन्द्र गिरी लगायत छन् ।
जुवाखालबाट ६ लाख रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।