झापा १ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश सर्वसम्मत उम्मेदवार

न्युजलय १६ भदौ २०७९, बिहिबार ०६:४९ मा प्रकाशित

झापा ।  झापाको क्षेत्र नं १ बाट उम्मेदवारमा नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

शर्माबाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेको हुनाले उनको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको बताइएको छ । 

मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको बताइएको छ । 

शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधिसभाको निर्वाचन लडेका थिए। २०७० सालमा एमालेका रवीन कोइराला र २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए।