बिराटनगर । धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
आइतबार राती को २ त ७११ नंबरको ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार पाख्रीवास–६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बिराटनगर–३ दुर्गा चोकमा को १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर–३ मा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
सवारी दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।