विराटनगर तर्फ आउँदै गरेको नाईट बस दुर्घटना हुँदा २५ जना घाइते

न्युजलय १४ माघ २०७८, शुक्रबार ०५:५१ मा प्रकाशित

सर्लाही । सर्लाहीमा उँखु लोड गरेको ट्रयाक्टरमा नाईट बसले पछाडी बाट ठक्कर दिदाँ २५ जना घाइते भएका छन् । 

शुक्रबार(आज) बिहान हरिवन नगरपालिका –९ सुखेपोखरी स्थित पूर्व पश्चिम लोकमार्गमा ज २ त ७८१ नम्बरको विग्रेर बाटोको साईडमा रोकिराखेको उखु लोड गरेको ट्रयाक्टरमा भैरहवाबाट विराटनगर तर्फ आउँदै गरेको लु २ ख ४७५७ नम्बरको नाईट बस ट्रयाक्टरमा ठोक्किएको थियो ।

बसमा सवार ३९ जना मध्ये २५ जना घाईते भएकोमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।