काठमाण्डौ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।
पारिवारिक स्रोतका अनुसार दाहालको हाल मेडिसिटी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
तीन दिनदेखि अस्पतालमा भर्ना भएकी सीतामा निमोनिया पनि देखिएको बताइएको छ । सीता पिएसपी नामक रोगबाट लामो समयदेखि ग्रसित छिन् ।