बर्दियामा पाटेबाघ मृत फेला

न्युजलय १३ चैत २०७८, आइतबार ०१:१९ मा प्रकाशित

बर्दिया । बर्दियामा पाटेबाघ मृत फेला परेको छ । आज दिउँसो ३ बजे मधुवन नगरपालिका–६, कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।


एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए ।


थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख बिडारीले बताए ।