अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

न्युजलय १९ चैत २०७८, शनिवार १०:०७ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अष्ट्रेलियाको तास्मानिया टापुमा मोटरसाइकल सिक्ने क्रममा ललितपुर स्थायी घर भएका सशान्त सिग्देलको मृत्यृ भएको गैर आवासीय नेपाली संघलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने अनलाइन समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकल लाइसेन्सको परीक्षाको तयारी गर्ने क्रममा उनको मोटरसाइकल कारसँग ठोक्किएको जनाइएको छ ।

उनी सन् २०१८ मा मेलबर्नको फेडेरेसन विश्वविद्यालयमा लेखा पढ्न अष्ट्रेलिया पुगेका थिए ।