इटहरीमा मदन भण्डारीको सालिग सहित मदन वाटिका उद्घाटन

न्युजलय १८ चैत २०७८, शुक्रबार ०१:०३ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिग सहित मदन वाटिका उद्घाटन गरिएको छ ।


बिहिबार पूर्व मुख्यमन्त्री भीम आचार्यले इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्णकदको सालिग सहितको वाटिकाको उद्घाटन गरेका हुन् । उनले समकालिन नेपाली राजनीतिका सबैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिग निर्माण गरेर इटहरी उपमहानगरपालिकाले प्रशंशनीय कार्य गरेको बताए ।

 

प्रदेश सांसद लिलम बस्नेतले मदन वाटिका निर्माण सँगै यो क्षेत्रमा वाटोघाटो लगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको बताए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्वपूर्ण योगदान पुर्याउने राजनेताहरुको सम्झनामा सालिग निर्माण गरिएको बताए ।


उपप्रमुख लक्ष्मी गौतमले विसनपुरको सो क्षेत्रलाई इटहरीकै दोश्रो तालतलैयाका रुपमा विकास गर्न सकिने बताइन् ।