काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै, ५६२ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ पुगेको छ।
संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ९३१ जनाको मृत्यु भइसकेको छ।