वृद्धभत्ता बुझेर घर फर्किँदा बाटोमै मृत्यु

न्युजलय २५ माघ २०८०, बिहिबार ०७:०० मा प्रकाशित

काठमाडौँ । वृद्धभत्ता बुझेर घर फर्किरहेका सोलुखुम्बुका एक वृद्धको बाटोमै मृत्यु भएको छ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगर वृद्धभत्ता बुझ्न बुधबार सदरमुकाम सल्लेरी आएका थिए। वृद्धिभत्ता बुझेर घर फर्किने क्रममा सिसाखोला पुग्दा जीपमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार, सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा वृद्ध नआएपछि हेर्न जाँदा जीपमै मृत भेटिएका हुन्। मृत्युको कारण खुलेको छैन। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल, फाप्लु ल्याइएको छ।