आज मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल र इन्डोनेसिया

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार १२:४७ मा प्रकाशित

काठमाडौँ । नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।


नेपाली यू २३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू २३ टिमसँग ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५ः४५ बजे खेल्दैछ ।


एएफसी यू २३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।


नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।